मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आईतबार ड्यालासमा ‘बुद्ध बर्न ईन नेपाल’ फिल्म देखाइदै

आईतबार ड्यालासमा ‘बुद्ध बर्न ईन नेपाल’ फिल्म देखाइदै


ड्यालस (टेक्सस) – बुद्ध धर्मका प्रवर्तक भगवान गाैतम बुद्ध नेपालमा जन्मेको सन्देश संसारभर फैलाउने उद्धेश्यले तयार पारिएको नेपाली फिल्म 'बुद्ध बर्न ईन नेपाल' आईतबार ड्यालासमा देखाईने भएको छ । 
 
फिल्मका निर्माता समेत रहेका नायक रमित ढुंगानाको उपस्थितीमा हुन लागेको फिल्म साँझ ५ बजे स्थानिय रमाईलो रेष्टुरेण्टमा हुन लागेको हो । नेपालका बिभिन्न स्थानमा देखाईएको फिल्म संयुक्त राष्ट्रसंघमा समेत देखाउने तयारी भईरहेको नायक ढुंगानाले बताएका छन् । 
 
अमेरिकाको चर्चित युनिभसिर्टी कर्नेल युनिभर्सिटि र न्यूयोर्कका बिभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्म अमेरिकाका बिभिन्न कोर्ष बुकहरुमा बुद्ध भारतमा जन्मेको भेटाए पश्चात यो फिल्म तयार पारिएको जनाइएको छ । 
 
फिल्म बुद्धलाई ड्यालासमा प्रर्दशन गर्न लागिरहेका नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीले ड्यालास वरपर रहेका सबै नेपालीहरुलाई उपस्थित भईदिन आग्रह गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares