काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड(१९) को प्रकोपबाट शुक्रबार बिहानसम्म ११० देशका २१ लाख ८२ हजार ८२३ मानिस संक्रमित भएका छन् । जसमा ५ लाख ४७ हजार ६७९ जना निको भएका छन् भने १४ लाख ८९ हजार ५९३ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५६ हजार ५८८ जनाको स्थिति जटिल छ ।
यस महामारीबाट संसारभर एक लाख ४५ हजार ५५१ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ९५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २९ हजार ५६७ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । बिहीबार बिहानसम्म अमेरिकामा कुल ६ लाख ७८ हजार १४४ मानिस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३४ हजार ६४१ पुगेको छ । अमेरिकामा हाल ५ लाख ८५ हजार ६५९ जनाको उपचार जारी रहेकोमा १३ हजार ३६९ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ५७ हजार ८४४ जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा गत बिहीबार १९००, शुक्रबार २०३५, शनिबार १८३०, सोमबार १५३५, मंगलबार २४०७, बुधबार २४८२ र बिहीबार २१७४ जनाको निधन भएको छ ।
जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख २६ हजार १९८ संक्रमित भएकोमा १६ हजार १०६ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा शुक्रबार ७७७, शनिबार ७८३, आइतबार ७५८, सोमबार ६७१, मंगलबार ७७८, बुधबार ७५२ र बिहीबार ६०६ जनाको मृत्यु भएको छ ।
स्पेनमा एक लाख ८४ हजार ९४८ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ३१५ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ६५५, शुक्रबार ६३४, शनिबार ५२५, आइतबार ३६६, सोमबार ५४७, मंगलबार ४९९, बुधबार ५५७ र ५०३ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, इटालीमा कुल एक लाख ६८ हजार ९४१ जना संक्रमित भएका छन् भने २२ हजार १७० जनाले ज्यान गुमाएका छन् । जसमा शुक्रबार ५७०, शनिबार ६१९, आइतबार ४३१, सोमबार ५६६, मंगलबार ६०२, बुधबार ५७८ र बिहीबार ५२५ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा एक लाख ६५ हजार २७ कुल सङ्क्रमित भएका छन् भने २२ हजार १७ण् को मृत्यु भएको छ । फ्रान्समा शुक्रबार ९८७, शनिबार ६३५, सोमबार ५७४, मंगलबार ७६२, बुधबार १४३८ र बिहीबार ५२५ जनाले ज्यान गुमाएका छन् ।
जर्मनीमा १ लाख ३७ हजार ६९८ कुल सङ्क्रमित भएका छन् भने ४०५२ को मृत्यु भएको छ ।
बेलायतमा एक लाख ३ हजार ९३ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ७२९ को मृत्यु भएको छ । बेलायतमा शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७, आइतबार ७३७, सोमबार ७१७, मंगलबार ७७८, बुधबार ७६१ र बिहीबार ८६१ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८२ हजार ३६७ कुल सङ्क्रमित भएका छन् भने ३३४२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ९४४ रहेको छ । चीनमा हाल १०८१ जनाको उपचार जारी रहेकोमा ८९ को अवस्था जटिल छ ।
इरानमा ७७ हजार ९९५ कुल सङ्क्रमित भएका छन् भने ४८६९ व्यक्तिको मृत्यु भएको छ ।
टर्कीमा ७४ हजार १९३ संक्रमित रहेकोमा १६४३ को ज्यान गएको छ । बेल्जियममा ३४ हजार ८०९ संक्रमित भएकोमा ४८५७ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २९ हजार २१४ संक्रमित भएकोमा ३३१५ जनाको मृत्यु भएको छ ।
क्यानडामा ३० हजार १०६ संक्रमित रहेकोमा ११९५ ले ज्यान गुमाएका छन् ।
स्वीट्जरल्याण्डमा २६ हजार ७३२ संक्रमित छन् भने १२८१ जनाको ज्यान गएको छ । ब्राजिलमा ३० हजार ६८३ बिरामी भएकोमा १९४७ को मृत्यु भएको छ ।
यसैगरी, पोर्चुगलमा ६२९, अस्ट्रियामा ६२९, रसिया २३२, इजरायल १४२, दक्षिण कोरियामा २३०, स्वीडेनमा १३३३, आयरल्याण्ड ४८६, जापान १९० र डेनमार्कमा ३२१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, भारतमा कुल १३ हजार ४३० संक्रमित भएकोमा ४४८ जनाको ज्यान गएको छ । पाकिस्तानमा ६९१९ संक्रमित भएकोमा १२८, मलेसियामा ५१८२ संक्रमित भएकोमा ८४, थाइल्याण्डमा ४६, बंगलादेशमा ६०, अफगानिस्तानमा ३० र युएईमा ३५ जनाको ज्यान गएको छ ।
नेपालमा हालसम्म १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा १५ हजार ८०० जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया