मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित


नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । 
 
शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । 
 
भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार ९०६ कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत रहेका छन् । 
 
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८६ पुगेको छ ।
 
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रुपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाउँदै आएको छ । शनिबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
 
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या  ३ हजार ३२३ जना पुगेको शनिबार उक्त मन्त्रालय बताएको छ । 
 
यसैबीच, महाराष्ट्रमा ३३१ जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट २०१ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ ।
 
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँमात्र १ हजार ७०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । 
 
यसैबीच, ७२ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 
 
यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ३२३ जना पुगेको शनिबार बिहान प्राप्त समाचार जनाइएको छ ।
 
यी संक्रमितहरुमध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।
 
कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार २२९ कोरोना संक्रमित रहेका शनिबार जनाइएको छ । तीमध्ये १८३ जना उपचारपछि घर फर्किसकेका छन्, भने ११ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी, भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार ३१० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमित मध्ये ६९ जना निको भएर घर फर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । 
 
यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ । 
 
उत्तर प्रदेशमा कोविड १९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९६ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।
 
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ  । 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो । 
 
प्रधानमन्त्री मोदीले गत मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।
 
”यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताएका थिए । एएनआई