न्युयोर्क (अमेरिका )- कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अर्का एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कमा वस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको जनाईएको छ ।
उनका परिवार नेपालमै छन् । उनी बिरामी भएपछि नजिकको अस्पतालमा गएका थिए । तर, अस्पतालले विरामीका चापका कारण उनलाई घरमै आईसोलेशनमा वस्न भन्दै पठाएको थियो ।
उनी सहित न्यूयोर्कमा मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । अन्य दुई जना नेपालको मृत्यु भए पनि के कारणले भन्ने वताईएको छैन ।
मल्ल सन् २०१२ मा अमेरिका आएका थिए । ट्याक्सी चलाउंथे ।
न्युयोर्कका एल्मष्ट अस्पतालमा दुई साता अघि मृत्यु भएका एक जना नेपालीको पनि सनाखत भएको छ । न्यूयोर्क वस्दै आएका विष्णु राईको मृत्यु भएको छ । राईका आफन्त पनि नेपालमा भएको वताईएको छ ।
न्युयोर्क कोरोना भाइरसको मुख्य केन्द्र हो । त्यहां ठुलो संख्यामा नेपालीहरु पनि वस्दै आएका छन् । ठुलो संख्यामा नेपाली पनि कोभिड १९ वाट प्रभावित भएको वताईएको छ । संख्या यतिनै भन्ने छैन । दैनिक नयां संक्रमित थपिरहेकाले ठुलो संख्या त्यहां नेपालीहरु जोखिममा छन् ।
केही परिवारमा संक्रमण फैलिएपनि निको पनि भएको छ ।
विश्वभर फैलिएको कोरानाका कारण विदेशमा ज्यान गुमाउन नेपालीको संख्या वढिरहेको छ । बेलायत, अमेरिका लगायतका देशमा नेपालीले ज्यान गुमाएका छन् ।
कयौं विदेशमा रहेका नेपाली देश फर्किन चाहेका छन् । तर, नेपाल सरकार, नेपालका कुटनीतिक नियोगहरुले कुनै पहल गरेका छैनन् । अमेरिका लगायत विश्वमा रहेका नेपालका कुटनीतिक नियोगहरु यो संकटमा त्यहां वस्ने नेपालीलाई सेवा दिन असफल भएका छन् ।
प्रतिक्रिया