वासिंंटन डिसी । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)को अध्यक्षमा विकासराज न्यौपाने निर्वाचित हुनुभएको छ । अमेरिकाको भर्जिनियामा शनिबार र आइतबार आयोजित सातौँ अधिवेशन तथा १४ औँ साधारणसभाले न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । न्यौपानेका निकटम प्रतिद्वन्द्वी गोकुल ढकाल रहेका थिए । नवगठित कार्यसमितिको उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, कोषाध्यक्षमा प्रभात भट्टराई र सचिवमा…