मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइडा आँधीका कारण न्युयोर्क र न्युजर्सीको जनजिवन अति प्रभावित

आइडा आँधीका कारण न्युयोर्क र न्युजर्सीको जनजिवन अति प्रभावित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क,अमेरिका – अकस्मात आएको बाढी र आँधीका कारण न्युयोर्क शहरमा कम्तीमा ८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । आइडा आँधीले ल्याएको बाढीका कारण न्युयोर्क सीटीमा दुइ बर्षीय बालक सहित आठ जनाको ज्यान गएको । न्युयोर्कको क्वीन्स स्थित फ्लसीङको एक अपार्टमेण्टको अण्डरग्राउण्डमा बस्ने दुई बर्षीय बालक ५० बर्षीय बाबु र ४८ बर्षीया आमा सहित मृत भेटीएको न्युयोर्क प्रहरीले जनाएको छ । क्वीन्सकै जमैकामापनि एक २२ बर्षीय युवा र उनकी ४५ बर्षीया आमा, क्वीन्सको एक अपार्टमेण्टमा बसोबास गर्ने ८६ बर्षीय पुरुषको पनि बाढीमा डुबेर मृत्यु भएको छ । 

 

त्यस्तै न्युयोर्कको ब्रूकलिनका ६० बर्षीय व्यक्ति, ४० बर्षीया महिलाकोपनि मृत्यु भएको छ । मृतकहरुमध्ये धेरैजसो जमिनमुनीको तलामा बसोबास गर्दै आएका थिए । न्युयोर्क राज्यले बाल बालिकाकहरुलाई जमिनमुनीको तलामा बस्ने अनुमति दिंदैन तरपनि सस्तो अपार्टमेण्ट पाएपछि आर्थिक अवस्था कमजोर हुनेहरु जमिनमुनीको तलामा बस्दै आएका छन । 

 
आइडाको बाढीका कारण यातायात सेवा ठप्प प्राय
 
बुधवार राती आएकोे आइडा आँधीले न्युयोर्क शहरको यातायता सेवा निकै प्रभावित भएको छ भने बस सेवा पनि पुर्णरुपमा सुचारु हुन सकेको छैन । न्युयोर्कको मेट्रो रेलसेवा अधिकांश स्थानमा अनिश्चित समयकालागि बन्द गरिएको छ । बस सेवापनि केही केहीमात्र सञ्चालनमा आएको छ । न्युयोर्कका सहरका कतिपय स्थानका सडक बिसाल नदी जस्ता देखिन्छन ।  न्युयोर्कको क्वीन्स स्थित कोरोना तथा क्वीन्स व्लुबर्डका सडकमा पानी जमेर आवतजावतमा समस्या भएरहेको छ । न्युयोर्कका जमिनमुनी चल्ने रेलका लिकमा पानी जमेका कारण कतिपय यात्रुहरु बुधबार राती देखि रेलमै अडकिएका थिए । अहिले लिकमा जमेको पानी निकालेर रेल सेवालाई सुचारु गर्ने प्रयास भइरहेको एमटीएले जनाएको छ । 

 
गभर्नर होचुलद्वारा आपतकालको घोषणा
 
न्युयोर्कमा आइडा आँधीले जनजिवन अति प्रभावित भएपछि गभर्नर क्याथी होचुलले स्टेट अफ इमर्जेन्सी जारी गरेकी छिन । सकेसम्म घरमै रहन र बाहिर ननिस्कन अपिल पनि गरेकी छिन । त्यसैगरी न्युयोर्क शहरका मेयर बिल डे ब्लाजिओलेपनि स्टट अफ इमर्जेन्सी जारी गरेका छन । उनले इतिहासकै धेरै पानी परेको र यसले शहरका सडकलाई नराम्ररी प्रभावित पारेका कारण यो आपतकाल जारी गर्नुपरेको ट्वीटर मार्फत जनाएका छन । ब्लाजिओले घरमै रहन र बाहिर ननिस्कन अपिल गरेका छन । 

बुधबार रातीदेखी परेको पानी ६ देखि ८ इन्च सम्म रहेको मौसम विभागले जनाएको छ । त्यसैगरी न्युयोर्कमा पहिले यतिधेरै पानी नपरेको जनाइएको छ । आइडा आँधीका कारण न्युयोर्क आसपासका राज्य न्युजर्सी कनेक्टीकट लगायतमापनि असर परेको छ भने यातायात सेवा प्रभावित बनेको छ, अत्यावस्यक बाहेकका सेवापनि बन्द प्राय रहेका छन ।