मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको ज्यान गयो

न्युयोर्कको बाढीमा एकै परिवारका तीन नेपालीको ज्यान गयो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालय खबर, न्युयोर्क – न्युयोर्कमा विनाशकारी आइडा आँधीले एकै परिवारका तीन जनाको ज्यान लिएको छ । बुधवार राती आएको आँधीले न्युयोर्कको क्वीन्सस्थित वुडसाइडमा बस्ने आङ गेलु लामा, उनकी श्रीमती मिमिा याङ्ज लामा र १९ महिनाका छोरा लोव्सङ लामाको आफ्नै अपार्टमेन्टमा ज्यान गएको हो । उनीहरु बस्दै आएको मिनि बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको जनाइएको छ । बाढीको कारण करेन्ट प्रवाह भइ उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । 
 
लामाको मृत्युले भावविह्वल बनेका दाजुले उनको दुखद खबर विहान मात्र पाएको बताए । अत्यन्तै मिलनसार लामा १५ बर्षदेखि न्युयोर्क बस्दै आएको बताए । उनीहरुउनीहरु नेपालमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका जुनबेशीका रहेको बताए । 
न्युयोर्कमा आँधीका कारण अन्य धेरै नेपालीहरु प्रभावित बनेको बताइएको छ । न्युयोर्कमा आइडा आँधीबाट प्रभावित नेपालीहरुको तथ्यांक निकालिसकेपछि उद्धारका लागि खटिने नेपाल आदिवासी जनजाति महासंघद्ध अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले जनाए । चेम्जोङले फिप्ना मार्फत आँधीबाट मृत्यु भएका लामा परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारको लागि पहलका लागि अमेरिकावासी नेपाली समुदायसंग आग्रह गरेका छन । 
 
त्यसैगरी एनआरएनए अमेरिकाका सल्लाहकार तथा बरिष्ठ समाजसेवी विरेन्द्रजंग केसीलेपनि शोक वक्तव्य जारी गर्दै मृृतकप्रति समवेदना प्रकट गर्दै शोकाकुल परिवारमा सहानुभुती जनाएका छन । केसीले नपाली समुदायमा परेको यो दुख प्रवासका सबै नेपालीको सामुहिक पीडा भएकोले शोकाकुल परिवारलाई जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै मृतात्माको शान्तिका कामना गरेका छन । 
 
त्यस्तै गिरीजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलेपनि एक विज्ञप्ति जारी गर्दै मुतक लामाको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवारप्रति सहानुभुति प्रकट गरेका छन ।
न्युयोर्कस्थित नेपाली समुदायका अगुवाहरुले पनि सामाजिक सञ्जाल मार्फत समवेदना व्यक्त गर्दै परिवारजनमा धैर्य धारणको कामना गरेका छन ।   

त्यसैगरी न्युयोर्कका स्थानीय अखवार तथा अनलाइन  समाचारमा पनि मृतक लामाको परिवारप्रति गहिरो समवेदना सहितको समाचार प्रकाशित भएका छन । न्युयोर्कको न्युयोर्कको चर्चित अखवार न्युयोर्क पोष्टले हर्ट ब्रेकिङ इन एनवाइसी शिर्षकमा लामाको परिवार र उनीहरुको मृत्युको समाचार छापेको छ । त्यसैगरी न्युयोर्क डेली न्युजलेपनि लामा परिवारको मृत्युको खवरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । न्युयोर्कबाट सञ्चालिन अंग्रेजी भाषाका टेलीभिजनहरुले पनि लामा परिवारको शोकमा समाचार प्रशारण गरिरहेका छन । 
 
न्युयोर्कमा मृतकको संख्या कम्तीमा १३ पुग्यो 
 
अकस्मात आएको बाढी र आँधीका कारण न्युयोर्क शहरमा कम्तीमा १३ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । आइडा आँधीले ल्याएको बाढीका कारण एकैपरिवारका तीन जना नेपाली सहित क्वीन्सकै जमैकामापनि एक २२ बर्षीय युवा र उनकी ४५ बर्षीया आमा, क्वीन्सको एक अपार्टमेण्टमा बसोबास गर्ने ८६ बर्षीय पुरुषको पनि बाढीमा डुबेर मृत्यु भएको छ । त्यस्तै न्युयोर्कको ब्रूकलिनका ६० बर्षीय व्यक्ति, ४० बर्षीया महिला, कोपनि मृत्यु भएको छ । मृतकहरुमध्ये धेरैजसो जमिनमुनीको तलामा बसोबास गर्दै आएका थिए। न्युयोर्क राज्यले बालकहरुलाई जमिनमुनीको तलामा बस्ने अनुमति दिंदैन तरपनि सस्तो अपार्टमेण्ट पाएपछि आर्थिक अवस्था कमजोर हुनेहरु जमिनमुनीको तलामा बस्दै आएका छन । 
 
आइडाको बाढीका कारण यातायातसेवा अझै पुर्ण रुपमा चलेनन, लाखौंको घरमा बिद्युत छैन  
 
बुधवार राती आएकोे आइडा आँधीले न्युयोर्क शहरको यातायता सेवा निकै प्रभावित भएको छ भने बस सेवा पनि पुर्णरुपमा अझै सुचारु हुन सकेको छैन । न्युयोर्कको मेट्रो रेल र बससेवा अधिकांश स्थानमा अनिश्चित समयकालागि बन्द गरिएको थियो भने अहिले आंशिक चल्न थालेको छ ।  न्युयोर्कका जमिनमुनी चल्ने रेलका लिकमा पानी जमेका कारण कतिपय यात्रुहरु बुधबार राती देखि रेलमै अडकिएका थिए । 
 
त्यस्तै बाढीको कारण बिजुलीसेवा पनि निकै प्रभवितत बनेको छ । लाखौ जनता बिजुलीको अभावमा बसीरहेका छन । विद्युत विभागले सेवा छिटैनै सञ्चालनमा ल्याइने जनाएको छ । 
 
न्युयोर्कमा आइडा आँधीले जनजिवन अति प्रभावित भएपछि गभर्नर क्याथी होचुलले स्टेट अफ इमर्जेन्सी जारी गरेकी छिन । सकेसम्म घरमै रहन र बाहिर ननिस्कन अपिल पनि गरेकी छिन । त्यसैगरी न्युयोर्क शहरका मेयर बिल डे ब्लाजिओलेपनि स्टट अm इमर्जेन्सी जारी गरेका छन । 
 
बुधबार रातीदेखी परेको पानी ६ देखि ८ इन्च सम्म रहेको मौसम विभागले जनाएको छ । त्यसैगरी न्युयोर्कमा अहिलेसम्म यतिधेरै पानी नपरेको जनाइएको छ ।