जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते सबैलाई अस्पताल लगिएको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । स्थानीय समयअनुसार बिहान २ः२० बजे आगलागी भएको थियो…