मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस युनिभर्सको उपाधि सुजितालाई

मिस युनिभर्सको उपाधि सुजितालाई


काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बनेकी छन् । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहि¥याइन् । 
 
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।  कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो । प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए । 
 
गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । कार्यक्रममा डा केशु खड्का फोर्थ रनरअप,  प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भइन् । रासस