मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ह्युस्टनमा गजल उत्सव -४ को भब्य तयारी

ह्युस्टनमा गजल उत्सव -४ को भब्य तयारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हयुस्टन टेक्सास । आज जूम मार्फत भएको पत्रकार सम्मेलनमा गजल यात्रा-४ आयोजना बारे विविध विषयमा जानकारी गराइयो । सम्मेलनको आयोजना अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टन र गजल यात्रा तयारी समितिले गरेको थियो ।
 
ईनेप्लिजका प्रमुख विजय थापाले यो उत्सव प्रतियोगितात्मक हो की होइन ? नेपाल वा अन्य मुलुकबाट सहभागी हुन सक्ने स्थिति कस्तो छ भन्ने प्रश्नको जवाफमा अहिले यो उत्सव प्रतियोगितात्मक नभएको र हाल अमेरिकाबाट मात्र सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( आइएनएलएस ) हयुस्टनका उपाध्यक्ष तथा गजल उत्सव – ४ तयारी समितिका संयोजक सतिश त्रिपाठीले बताए । 
 
कार्यक्रमको भब्य तयारीको बारेमा बोल्दै त्रिपाठीले भने –  ” यो उत्सव गजल वाचन , गजल गायन र गजल नृत्यको त्रिवेणी संगम हुनेछ । अमेरिकामा रहेका गजल प्रेमीहरुको लागि अर्को महान चाड हो यो । ” नोभेम्बर २० शनिवार हुने यो कार्यक्रममा अमेरिकाका विभिन्न राज्यबाट जम्मा ४४ जना गजलकारहरु सहभागी हुने उनले पत्रकारहरुलाई जानकारी गराए  । 
 
अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष गोबर्धन पूजाले गजललाई सम्मानित विधाको रुपमा अघि बढाउँदै अन्तर्राष्ट्रिय स्तरमा लग्ने अभियान रहेको बताए । 
 
गजल यात्राका अभियानकर्ता वासुपुष्पा अधिकारी र पवन लामिछानेले गजल उत्सवका शुरुवाती दिनका तीता मीठा अनुभवहरु बताए । 
 
आइएनएलएस ह्युस्टनका अध्यक्ष वासु पौडेलले धन्यवाद मन्तव्य राख्दै यो उत्सव आफैमा एउटा कुम्भ मेला भएको बताए । 
 
हिमालयखबरको प्रतिनिधित्व गर्दै पत्रकार सम्मेलनको संयोजन बिटु केसीले गरेकी थिइन् । 
 
विभिन्न राज्यबाट सहभागी गजलकारहरुको एक दिनको खाने बस्ने र घुमाउने समेत निशुल्क व्यवस्था गरिने यो कार्यक्रम आफैमा प्रसंशनीय छ । कार्यक्रम पूर्ण सफलताको शुभकामना सहित साहित्यिक कार्यक्रमको प्रायोजन गरिदिएर ठूलो सहयोग पुर्याउने ह्युस्टनका सबै सहयोगी मनहरुको सहभागी पत्रकारहरुले मुक्त कण्ठले प्रसंशा गरे । 
 
कार्यक्रममा हिमालयखबर ,ईनेप्लिज लगायत डिसी नेपालका अर्जुन दाहाल , दिप सञ्चारका दिपक जङ्ग शाह र युयसखबरका किशन रेग्मीको सहभागिता थियो ।