मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शेल्टरका कुकुरलाई पूजा गर्दै तिहार मनाइने

शेल्टरका कुकुरलाई पूजा गर्दै तिहार मनाइने


शेयर गर्नुहोस:

2.1k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – अमेरिकामा आउँदो बुधबार रहेको कुकुर तिहारका अवसरमा नेपाली समुदायले टेक्ससको युलेस एनिमेल शेल्टरमा रहेका कुकुरहरुलाई पूजा गर्नुका साथै सहयोग हस्तान्तरण गर्ने भएका छन् ।
 
हालैमात्र युलेस सिटी काउन्सिलमा निर्वाचित सदस्य टिका पौडेलको पहल र नेपाली समाज टेक्सस समेतको आयोजनामा यो कार्यक्रम हुन लागेको हो । एनिमल सेल्टरमा असहाय, वेसहारा र मानिसहरुले छाडेका घरपालुवा जनावरहरुको पालन पोषण हुँदै आएको छ ।

तस्बिर : समाजिक संजाल

Advertisement
तस्बिर : समाजिक संजाल

 

 
बुधबार बिहान ठीक १० बजे १५१७ वेस्टपार्क वे मा रहेको युलेस एनिमेल शेल्टरमा उपस्थित भएर कुकुर तिहार कार्यक्रममा सहभागिता जनाउनका लागि सिटी काउन्सिल मेम्बर पौडेलले आग्रह गरेका छन् । सिटीका मेयर लिण्डा मार्टिन लगायतका अमेरिकी तथा नेपाली समुदायका अग्रज कार्यक्रममा सहभागी हुनेछन् । 
 
घरपालुवा जनावरहरुको संरक्षणका लागि खुलेका एनिमल शेल्टरको बजेट सिटी (नगरपालिका) ले व्यहोर्दै आएको छ । उक्त कार्यक्रममा सहभागी हुन र कुकुरका लागि खानेकुराको व्यबस्थापन गर्न जिली मार्फत सहयोग गरिदिन समेत पौडेलले आव्हान गरेका छन् । 
 
नेपालीहरुले घरघरमा आफूले पालेका कुकुरलाई पूजा गर्दै आएपनि यसपटक शेल्टरका कुकुरका लागि सहयोग र पूजा आयोजना गरिएको भने यो पहिलो पटक हो ।

शेयर गर्नुहोस:

2.1k
Shares