दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङ्गस्टार’ गोगीसहित चारको मृत्यु

नयाँ दिल्ली । भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।   गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए । आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर…