मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेप्लिज अमेरिकन चेम्बरको नेतृत्वमा स्मृति

नेप्लिज अमेरिकन चेम्बरको नेतृत्वमा स्मृति

शेयर गर्नुहोस:

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – आउँदो दुई वर्षको लागि स्मृति कार्कीको अध्यक्षतामा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सको नयाँ नेतृत्व चयन भएको छ । कार्की पेशाले सिपिए हुन् । टेक्ससको व्यबसायीक तथा सामाजीक क्षेत्रमा कार्की सबैमाझ परिचित पनि छिन् । सन् २०१४ मा चेम्बर स्थापना भए पश्चात पहिलो संस्थाले महिलाको नेतृत्व पाएको छ ।
 
नवनिर्वाचित अध्यक्ष कार्कीले यसअघि चेम्बरको कोषाध्यक्षमा रहेर काम गरिसकेकी छिन् ।  चेम्बरको नयाँ पदाधिकारीहरुमा सुरज पौड्याल, प्रदीप गिरी, श्रद्धा श्रेष्ठ र दीपक सिलवाल क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

 
त्यस्तै कार्यसमिति सदस्यहरुमा राजेश अर्याल, सोफिन थापा, केदार तिमिल्सिना, सन्तोष चौधरी, आमोद श्रेष्ठ, प्रेम शाही, शैलेन्द्र मानन्धर, रस्लीना जोशी, रमेश घिमिरे, सुरेश बस्याल र मनोज कटवाल चयन भएका छन् । 
 
शनिबार साँझ चेम्बरले ग्रेपभाइनमा आयोजना गरेको छैठौँ गालाडिनर कार्यक्रममा चयन भएको नयाँ पदाधिकारीहरुका बारेमा जानकारी दिनुका साथै पाँच बिभिन्न विधामा बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।

 
चेम्बरले आउस्ट्याण्डिङ चेम्बर अवार्ड सिटी अफ अर्भिङका मेयर रिक स्टोफरलाइ प्रदान गरेको छ । त्यस्तै स्पिरिट अफ फिलान्थ्रोपी भास्तिका इन्कलाई प्रदान गरेको छ । त्यस्तै चेम्बर च्याम्पिएन अवार्ड सिपिए विलास उपाध्याय, कम्युनिटी पार्टनरशीप अवार्ड पटेल ल ग्रुप र भिजनरी लिडरशीप अवार्ड नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रलाई प्रदान गरेको छ । 
 
कार्यक्रममा चेम्बर अध्यक्ष बाल जोशीले सन् २०२० र २०२१ मा संस्थाबाट भएका कार्यहरुका बारेमा जानकारी दिएका थिए । जोशीका अनुसार सन् २०२० मा तीनसय व्यबसायीक प्रतिष्ठानहरुलाई सहयोग गरेको, चेम्बरका सदस्यहरुलाई तीनकरोड ३० लाख डलर बराबरको पे चेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको सरकारी सुविधाका लागि सहयोग गरेको विवरण प्रस्तुत गरेका थिए । 

 
सात वर्ष अघि नेपालीमुलका व्यबसायीहरुको सकृयतामा स्थापना भएको चेम्बरले व्यबसाय प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।