पूर्वमन्त्री खड्का पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ। सम्पत्ति छानबिनका लागि उनलाई आइतबार बिहान पक्राउ गरेको हो। २४ भदौको आन्दोलनमा उनको घरमा भेटिएको पैसाको अनुसन्धानको निरन्तरतास्वरुप उनी पक्राउ परेका हुन् । खड्कालाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको सिआइबीका एआइजी डा मनोज केसीले बताए। प्रहरीले जरुरी…