भद्रपुर । भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । युवतीका मृतकका माइती पक्षले घटनालाई शङ्कास्पद भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ती युवतीको नौ महिनाअघि चन्द्रगढी निवासी प्रसिल कोइरालासँग…