काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि थप मार्गदर्शन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम उपर सांसद्ले उठाएका चासो, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै सांसदहरुले उठाएका विषयलाई उपलब्ध साधन स्रोतको सीमाभित्र…