काठमाडौँ । प्रतिनिधिसभाको साेमबारको बैठकमा सांसदहरूले सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग गरेका छन् । सांसदहरूले विगत तीन दशकमा सुकुम्वासी समस्या समाधानका लागि पटक–पटक आयोग गठन गरिए पनि समस्या यथावत् रहेकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र…