राजनीति-समाज

बाढीको क्षतिबारे सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

बाढीको क्षतिबारे सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई ब्रिफिङ


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा सरकारी निकायहरूले अघि बढाइरहेका कामबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन् ।

Advertisement

यसअघि उनले सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद्धार, राहत र व्यवस्थापनका कामबारे जानकारी लिएका थिए। त्यसलगत्तै उनले राष्ट्रपतिसमक्ष समग्र अवस्थाबारे जानकारी गराएका हुन् ।

भेटमा बाढी प्रभावित नागरिकको उद्धारलाई प्रभावकारी बनाउन, राहत वितरणलाई तीव्रता दिन र पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।