दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका-४ हलवार निवासी ३० वर्षीय रमेश रानामगर र तुलसीपुर-६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको जानकारी दिए । यही प्रकरणमा शुक्रबार तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय…