काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार राजनीतिक विषयको रिपोर्टिङ गर्ने संवाददाताहरूसँग अनौपचारिक संवाद गरेका पोखरेललाई केही औपचारिक प्रश्नको जवाफ आग्रह गरिएको थियो । त्यस क्रममा मन्त्री पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको…