काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ कानुनविपरीत भन्दै रिहाईको माग गरेका छन् । शनिबार प्रधानमन्त्री बालेन्द्र शाह बालेन का नाममा खुल्लापत्र जारी गर्दै गौतमले उक्त धारणा सार्वजनिक गरेका हुन् । उनले ७४ वर्षका वृद्ध र शारीरिक रूपमा अस्वस्थ नेतालाई अपमानित हुने गरी थुनामा राख्नु…