काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरूङबाट उद्धार गरिएका एक चिनियाँ नागरिकलाई काठमाडौँ ल्याइएको छ । उपचारका निम्ति उनलाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा एक चिनियाँ नागरिकको उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
‘बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट)को अडिट ४ टनेलबाट एकजना चिनियाँ नागरिकको उद्धार गरिएको छ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टरविज्ञ टोलीले शनिबार दिउँसो उनको उद्धार गरेको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया