विश्वासको मत संख्या होइन, जिम्मेवारी हो : मुख्यमन्त्री थापा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई राजनीतिक भागबण्डा र सत्ता समीकरणको सीमाभन्दा माथि उठाएर जनताको सरकारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रदेशसभाबाट विश्वासको मत माग्ने प्रयोजनका लागि बसेको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारको प्राथमिकता प्रदेशवासीका समस्या समाधान र विकासको प्रत्यक्ष अनुभूति गराउनु…