काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उमेदवार बन्ने घोषणा गरेका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै उनले पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उमेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उमेदवारी घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले वक्तव्यमा भनेका…