१३ जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्। रसुवा जिल्लाका विभिन्न ७ जलविद्युत आयोजनामा कार्यरत ७ सय ३० जना सम्पर्कविहीन छन् भने नुवाकोटका ६…