काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरियामात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँग छलफलका क्रममा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनले भने, “लागुऔषध तस्करीको मुख्य नाइके देश विदेश…