मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास

डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास


चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । 
 
अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि आज बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो । 
 
सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगोसमेत लगाउने सापकोटाले बताए । 
 
मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने– “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।” १९/२० वर्ष उमेरको एउटा र ३५/३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए । सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि ती कस्ता थिए आफूले अनुमान लगाउन नसकेको उनले बताए । 
 
हल्लाखल्ला भएपछि आफू भागेको र स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनले बताए । 
 
सापकोटामानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान ९काउराष्ट्र० का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि हुन् । रासस