मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको सेवामा सक्रियताका साथ लाग्न प्रधानमन्त्रीको निर्देशन

जनताको सेवामा सक्रियताका साथ लाग्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिए । 
 
प्रधानमन्त्रीले भने, “दैनिक सामान्यरुपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ । जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ । घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन ।” 
 
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन उदए ।  
 
प्रधानमन्त्रीले भने, “यो सामान्य सरकार होइन, असामान्य सरकार हो । हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ । समान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न सक्दैन ।” 
 
प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिए । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो । 
 
प्रधानमन्त्रीले सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरुरी रहेको स्पष्ट पारे । प्रधानमन्त्रीले शान्ति सुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता, अखण्डतामा आँच आउने तथा सामाजिक अमनचयन खल्बल्याउन खोज्नेलाई पूर्णरुपमा नियन्त्रण गर्नसमेत निर्देशन दिए । 
 
उनले भने, “राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पु¥याउन खोज्ने, सामाजिक सद्भाव बिर्गान खोज्ने जो कोहीलाई पनि पूर्णरुपमा नियन्त्रण गर्नुस् । त्यसमा कुनै सम्झौता हुँदैन ।” प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता, अपारदर्शी कार्यमा समेत भ्रष्टाचार कर्तव्यबाट च्यूत हुने, अनियमतता बहानाबाजी गर्ने, जनताको सेवाबाट च्यूत हुने कार्य कदापि पनि स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ थियो । 
 
वर्तमान सरकार ऐतिहासिक अभिभारा पूरा गर्न आएको भन्दै कामचलाउ ढंगले चल्ने र चलाउन खोज्ने प्रवृत्तिसमेत स्वीकार्य नभएको उल्लेख गरे । 
 
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न गठन भएकाले सोहीअनुसार गर्न तथा जनतालाई केन्द्रमा राखेर परिणाम निस्कने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । रासस

शेयर गर्नुहोस:

0
Shares