चितवन । राष्ट्रहित विपरीत ल्याइएको नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०७५ खारेज गर्न सरकारसँग माग गरिएको छ । विधेयकको विषयमा राष्ट्रिय जागरण अभियान चितवन र चितवन जिल्ला बार एशोसिएसनले बिहीबार गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले विदेशीले सजिलै पाउन सक्ने गरी नागरिकतासम्बन्धी विधेयक ल्याइएको बताएका छन् । कार्यक्रममा राष्ट्रिय जागरण परिषद् नेपालका संयोजक साध्यबहादुर भण्डारीले…