मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘सानो घर’मा बालिकाहरुसँग सामूहिक भोजन

‘सानो घर’मा बालिकाहरुसँग सामूहिक भोजन


रत्ननगर । मानव सेवा नै धर्म हो भन्ने भनाइलाई आत्मसात् गर्दै नेपाल बजार बिक्री प्रतिनिधि संघ नारायणी प्रदेश नं ३ कमिटीले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिका वडा नं २ टाँडीस्थित ‘सानो घर’मा आश्रित २१ जना बालिकाहरुलाई बिहानको खाना खुवाउनुको साथै स्टेशनरी सामग्री वितरण गरेको छ । 
 
नेपाल बजार बिक्री प्रतिनिधि संघ नारायणी प्रदेश नं ३ कमिटीका अध्यक्ष सुदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘सानो घर’की सञ्चालिका बिमला श्रेष्ठको रोहवरमा सामूहिक भोजन कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा अध्यक्ष भण्डारीले जुनसुकै संघसंस्था वा व्यक्तिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवालाई निरन्तरता दिनुपर्ने बताए । उनले मानवसेवा जस्तो ठूलो धर्म संसारमा केही नभएको भन्दै गरिब, विपन्न, अनाथ, असहायको सेवामा युवाहरु सधैँ लाग्नुपर्ने उल्लेख गरे । 
 
कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला श्रेष्ठले नेपाल बजार बिक्री प्रतिनिधि संघका सहृदयी मन भएका दाजुभाइले अनाथ तथा असहाय नानीहरुप्रति देखाएको हार्दिकता र सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । 
 
कार्यक्रममा बजार बिक्री प्रतिनिधि संघ प्रदेश नं ३ कमिटीका निवर्तमान अध्यक्ष शुभ थपलिया, वरिष्ठ उपाध्यक्ष राजेन्द्र न्यौपाने, उपाध्यक्ष सविन लामिछाने, सचिव चेतन शर्मा, कोषाध्यक्ष रमेश अधिकारी, सहसचिव गोविन्द ठाकुर, दीपेन्द्र कार्की, भीम दाहाल, दीपक सापकोटा, सुदीप अर्याल, विनोद वस्ताकोटी, गणेश अर्याल, रेजिना लामा, किरण अधिकारी, अमर गजुरेल, आशीष लम्साल तथा अन्य अतिथिहरु हरिश्चन्द्र विष्ट र समीर पुरीको उपस्थिति रहेको थियो ।