मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रंगशालाको तारबार भत्काउने नाइकेसहित १८ जना पक्राउ

रंगशालाको तारबार भत्काउने नाइकेसहित १८ जना पक्राउ


चितवन । चितवनको भरतपुर १५ स्थित रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको छ । 
 
घटनाका मुख्य नाइके ३१ वर्षीय प्रकाश कँडेलसहितका१८ जनालाई मुद्दा चलाइएको हो । पक्राउ परी मुद्दा चलाइएकामा सबै वडा नं १६ का वासिन्दा छन् । जसमा पाँच महिलासमेत छन् । 
 
अन्य आरोपितहरुमा ५५ वर्षीया तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, २७ वर्षीय राजन सापकोटा, ३२ वर्षीय सञ्जु गुरुङ, ४० वर्षीय भैरव बस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय दीपक आचार्य, ३६ वर्षीय राजु सापकोटा, २८ वर्षीय देव गुरुङ, १९ वर्षीय विपीन भट्टराई र ४९ वर्षीय धु्रव चापागाईं रहेका छन् । 
 
त्यस्तै, मुद्दा चलाइएका महिलाहरुमा ४० वर्षीया पारु परियार, २९ वर्षीया यशोदा पौडेल, ३४ वर्षीया कोपिला सापकोटा, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षकी मञ्जु चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।