नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ ।
पार्टीले कँडेललाई सदस्यताबाट पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाका लागि निलम्बन गरेको हो ।
पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ । कँडेल र बस्ताकोटीसहित १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
घटनाको चौतर्फी भत्र्सना
यसैबीच, नेपाली कांग्रेस चितवनले एक विज्ञप्ति जारी गर्दै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको केही उदण्ड र अराजक समूहले भत्काई निर्माण कार्यमा अवरोध सृजना गरेको घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर भत्र्सना गर्दै सो कार्यमा संलग्न व्यक्तिहरुलाई अविलम्ब कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
प्रतिक्रिया