मौसममा बदलीका कारण तीन दिन हुरीबताससहित वर्षा हुने

काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।   भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको…