मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वमन्त्री डीआर पौडेलको माडीमा अन्त्येष्टि

पूर्वमन्त्री डीआर पौडेलको माडीमा अन्त्येष्टि


स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको पार्थिम शरीरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
 
माडी पुगेर अध्यक्ष प्रचण्डसहित नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, अमिक शेरचन, जिल्लास्थित नेताहरुलगायतले पौडेलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
 
आज बिहान ७ बजे हृदयघातबाट पूर्व मन्त्री पौडेलको निधन भएको थियो । उनी प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री बन्दा शिक्षा मन्त्री बनेका थिए । सरल स्वभावका पौडेल सबैका प्रिय व्यक्ति थिए । उनको श्रीमती र दुई छोरीहरु छन् ।
 
गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व डीआर पौडेलको महत्वपूर्ण योगदान रहेको बताए । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पु¥याएको योगदान अतुलनीय रहेको बताए । 
 
पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पु¥याउनुभएको थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रूपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए । 
 
नेपाली समस्त आन्दोलनका एउटा नेताको संज्ञा दिँदै मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको छ भने । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन यहाँ आएका हुन् । 
 
पौडेलको आज माडीमा अन्त्येष्टि भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमलगायतका नेता चितवन आएका थिए ।