मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्कुटर चढेर आएकी युवती नारायणीमा बेपत्ता

स्कुटर चढेर आएकी युवती नारायणीमा बेपत्ता


चितवन । नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । 
 
पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा आज अपरान्ह पुलबाट हाम फालेर नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्याल गैंडाकोटले जानकारी दिएको छ ।
 
गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार सापकोटा स्कुटरबाट झेरर हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मावली घरबाट आफन्तसँगै फर्किदै गरेकी सापकोटा दाजुले चलाएको स्कुटरमा सवार थिइन् । 
 
उनी पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारायणीमा हाम फालेको थिइन् । अहिले उनको खोजी भइरहेको छ ।
 
सापकोटा गत फागुनमा मात्रै बिहे गरेर चितवन आएकी थिइन् । उनको माइती कञ्चनपुरको महेन्द्रनगर हो ।