मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुठी विधेयक कुनै हालतमा पारित हुन दिँदैनौँ : देउवा

गुठी विधेयक कुनै हालतमा पारित हुन दिँदैनौँ : देउवा


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठीसम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् ।
 
सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतःस्फुर्त रुपमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे । 
 
नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग विधेयक पनि सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याएको भन्दै मान्य नहुने पार्टीको अडान दोहोर्‍याए ।
 
सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले आफ्नो पार्टीले विरोध गरिरहनु परेको स्पष्ट पारे । लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको विधेयकविरुद्ध कांग्रेस सडकमा उत्रन बाध्य हुनुपरेको देउवाको भनाइ थियो ।