मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुठी विधेयकको विषयमा उत्तेजना फैलाइयो : मन्त्री बास्कोटा

गुठी विधेयकको विषयमा उत्तेजना फैलाइयो : मन्त्री बास्कोटा


काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी गर्नु राम्रो पक्ष नभएको बताएका छन् । 
 
उनले विधेयक लैजानुअघि नकारात्मक टिप्पणी फैलिदा समस्या समाधान गर्न कठिन हुने र विषयको चुरोमा जानुअघि नै भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो नभएको आक्रोश पोखेका छन् । 
 
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए । 
 
गुठी विधेयकको विरोधमा नेकपाका सांसद्ले समेत राजीनामा माग्दै गर्दा उनले भने विधेयकको पक्षमै वकालत गर्दै सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको बताए । जमिनमा हरेक जनताको पहुँच पु¥याइने दाबी गर्दै उनले प्रश्न गरे, “संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमिन दिने भन्ने संविधान बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरूलाई बास नबसाउने ?”
 
मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमिन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गरे । “आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन दिँइँदैन”, उनले भने । 
 
मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनु नपर्ने भन्नेहरू विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबीसमेत गरे । “न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्”, उनले भने । 
 
उनले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गरे । “देशभरि झण्डै पाँच हजार संख्यामा गुठी रहेको रेकर्ड छ, हजारौँ वर्षदेखि जोतपोत गर्दै आएकालाई व्यवस्थित गर्नुपर्छ ।”
 
यसैबीच, मन्त्री बाँस्कोटाले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्नेलाई आउँदो चुनावमा मैदानमा भिडेर हिसाबकिताब गर्न चुनौतीसमेत दिए ।