काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने विषयको चर्को विरोध गरेका छन् ।
उनले यो विषयले आफूलाई लज्जित बनाएको उल्लेख गरेका छन् । ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु’, बाबुरामले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले निजी उपभोगका साधन सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध भएको भन्दै यसको विरोध गरेका हुन् । उनले सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध हुनुपर्ने तर्क अघि सारेका छन् । उनले ट्विटरमा प्रश्न गर्दै लेखेका छन्, ‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौँ ?’
त्यसअघि बाबुरामले ट्विटरमा थप लेखेका छन्, ‘निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो सभ्य समाज र लोकतन्त्रमा कानूनी अपराध पनि हुनुपर्ने हो।’
फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हाँस्यास्पद प्रस्ताव ल्याइएको सुन्नुपर्दा लज्जित छु, निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो सभ्य समाज र लोकतन्त्रमा कानूनी अपराध पनि हुनुपर्ने हो । के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ।’
प्रतिक्रिया