दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उनको परिवार बिचल्लीमा परेको छ । चरम गरिबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो । दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी…