मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी दिइन्छ : मन्त्री बाँस्कोटा

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी दिइन्छ : मन्त्री बाँस्कोटा


काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी दिइने दाबी गरेका छन् । 
 
मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई आज कुशादेवीमा सम्बोधन गर्दै भने, “ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।” 
 
मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र पाँच हजार किलोवाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गर्न सकिने दाबीसमेत गरे । 
 
“पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ”, उनले भने । उनले आगामी सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने पनि दाबी गरे । 
 
मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’मा आफू कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गरे । “क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु ।” 
 
उनले यथास्थितिवादीले सरकारको विरोध गरिरहे पनि आफूहरु अविचलित काममा दत्तचित्त रहेको दोहो¥याए ।