मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेमीसँग मिलेर आफ्नै छोरीले गरिन् आमाको हत्या

प्रेमीसँग मिलेर आफ्नै छोरीले गरिन् आमाको हत्या


काठमाडौं । भक्तपुरमा चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्या गरिएकी भट्टराईको छोरीसहित चार जनालाई सोमबार सार्वजनिक गरेको हो ।
 
पक्राउ पर्नेमा हत्या गरीएकी भट्टराइको छोरी ईश्वरी भट्टराई, सिरहाका मोहम्मद नौशाद, अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइस छन् । उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको थियो । 
 
भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको हो । 
 
प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइसलाई सुपारी दिएको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धका कारण आफ्नै आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 
 
ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्ध रहेकीमा थिइन् । भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो । एजेन्सी