नेपालको निजामती प्रशासन : १५ वर्षअघि निधन भएका कर्मचारीको सरुवा

काठमाडौँ । कर्मचारी समायोजनका क्रममा १५ वर्षअघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ ।    राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्षअघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गरेका हुन् । …