मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते


धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ काउँलेडाडास्थित ग्रामीण सडकमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 
 
दुर्घटनामा मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका वडा नं ६ का ३६ वर्षीय कृष्णबहादुर रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
 
सदरमुकाम धादिङबेसीबाट सिमेन्टलगायतका सामान लिएर ज्वालामुखीको काउँलेडाँडातर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक सुनखानी माविनजिकै उकालो चढ्ने बेलामा एक्कासि अनियन्त्रित भई सडकमै पल्टिँदा एक जनाको घटनास्थलमा ज्यान गएको हो ।  
 
जिल्लाको अधिकांश ग्रामीण सडक हुंँदै यात्रुवाहक सवारीसाधन कम मात्रामा चल्ने हुँदा सर्वसाधारणले यात्राका लागि मालवाहक ट्रकमा यात्रु गर्नुपर्ने बाध्यता छ । 
 
दुर्घटनामा घाइतेहरुमा ज्वालामुखी ६ का वर्ष २२ की बिनु सुनार, उनकी छोरी वर्ष २ की कपिल सुनार र चालक वर्ष २५ का दिवाकर ढकाल रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।