मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गिरिजाप्रसादको जन्मदिनमा कांग्रेसले लाखबत्ती बाल्ने

गिरिजाप्रसादको जन्मदिनमा कांग्रेसले लाखबत्ती बाल्ने


चितवन । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बाल्ने भएको छ । 
 
नेपाली काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी सुरु गरिएको हो । दुई सय वटा प्यालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए । 
 
योसँगै नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड स्व कोइरालाको नाममा समर्पित गरिने र जसका लागि लाग्ने सम्पूर्ण खर्च नेपाली कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहकार टंकनाथ पौडेलले जानकारी दिए ।   
 
लाखबत्ती र दीप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ । पार्टीका जिल्ला सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलोपटक जन्मदिन मनाउन लागिएको जानकारी दिए ।