कास्की । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली शनिबार कास्की आइपुगेको छ । पूर्वको इलामबाट कारागारको स्थलगत अनुगमन सुरु गरेको सो टोली झापा, सुनसरी, सिराहा, जुम्ला, कैलाली, कञ्चनपुर र सुर्खेत हुँदै कास्की आइपुगेको हो । अनुगमनका क्रममा कारागारहरुमा कोरोनाको जोखिम उच्च पाइएको आयोगका सदस्य…