मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थपिए ३०५१ संक्रमित, १८ जनाको मृत्यु

बिहीबार थपिए ३०५१ संक्रमित, १८ जनाको मृत्यु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा बिहीबार ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १८ सहित १०५२ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घन्टामा थप ३४३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । जुन कुल संक्रमितको ७९.८० प्रतिशत हो ।       

काठमाडौँ उपत्यकामा थप १३९८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १०९१, ललितपुरका १६० र भक्तपुरका १४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ८३ हजार २४० पुगेको छ । जसमा काठमाडौँमा कुल ६८ हजार ४४९, ललितपुरमा ९ हजार ६६३ र भक्तपुरमा ६ हजार २३२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १३ हजार ६८ जनासहित हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ हजार २३२ जना र आइसोलेसनमा ३६ हजार ५१४ जना रहेका छन् ।

देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा र ६ हजार ९४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४२८ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।