मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रपति चुनाव नतिजामा ढिलाई अनेपक्षित थिएन

राष्ट्रपति चुनाव नतिजामा ढिलाई अनेपक्षित थिएन


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

अमेरिका । यस पटकको राष्ट्रपति चुनाव सहज हुँदैन भन्ने आशंका धेरैमा थियो । त्यसैले नतिजा आउन ढिलाई हुँदा पनि कसैलाई आश्चर्यमा पारेको छैन । कोभिड १९ चुनावी मुद्दा त भयो नै यसबाहेक यसले चुनाव नतिजा ढिलो हुनुमा केही सहयोग गर्‍यो ।  

अहिले तीन प्रकारबाट मतदाताले भोट दिएका थिए । पहिलो हुलाकमार्फत दोस्रो अग्रिम अर्थात चुनावको दिन नोभेम्बर ३ भन्दा अघि र चुनावका दिन नोभम्बर  ३ मा मत दिइएको थियो । पेन्सेलभानिया, जर्जिया, एरिजोना, नाभाडा राज्यमा दुई उम्मेदवारले प्राप्त गरेको मत संख्याबीचको अन्तर निकै कम भएकाले पनि तीनै प्रकारबाट दिइएको मत गनेर सक्नुपर्ने अवस्था आएको हो । झण्डै ९९ प्रतिशत मत गनिसक्दा पनि नतिजा कतातिर जाला भन्न सकिने अवस्था छैन । 

Advertisement

अहिले डेमोक्र्याटीक पार्टीका उम्मेदवार जो वाइडेनको पक्षमा नतिजा आउने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प सजिलै हार स्वीकार्ने पक्षमा छैनन् । ह्वाइट हाउसमा बिहीवार बोल्दै उनले यही बताए । नतिजा कानुनी दाउपेजमा फस्ने अवस्था सृजना भइरहेको छ । 

नयाँ राष्ट्रपतिले जनवरी २० मा कार्यभार सम्हाल्ने कानुनी व्यवस्था भएकाले यो बेलासम्म स्थिति स्पष्ट हुनेमा धेरैले ढुक्क छन् । 

डोनाल्ड ट्रम्पमाथि झण्डै दुई दर्जन महिलाले यौन उत्पीडनको आरोप लगाए, व्यक्तिगत कर विवरण ट्याक्स फाइल नगरेको आरोप लगाइयो, चार वर्षे कार्यकालमा महाभियोगको सामना गरे, ह्वाइट हाउसमा आफ्ना निकट मानिएका कयौँलाई नै पदमुक्त गरे, यसअघि निर्वाचनमा रसियाले ट्रम्पलाई जिताउन हस्तक्षेप गरेको आरोप लाग्यो । यति हुँदा पनि ट्रम्प तुलनात्मक रुपमा बलिया नै देखिए । 

अब निर्वाचन नतिजा संख्याको आधारमा तय हुने हार र जित जे भए पनि ट्रम्पको प्रभाव अमेरिकी राजनीतिमा अझै रहने अनुमान गरिएको छ । ट्रम्पको कार्यकालमा अमेरिकामा बेरोजगारी दर निकै तल रह्यो । चार प्रतिशतभन्दा पनि तल यो ५० वर्ष यताकै न्यून हो ।  

अर्थतन्त्र पनि तुलनात्मक रुपमा बलियो भयो । अर्थतन्त्रको चक्रअनुसार आर्थिक मन्दी आउने धेरैको अनुमान थियो । तर, कोभिड १९ को महामारीले कयौँ व्यवसाय प्रभावित हुँदा पनि अर्थतन्त्र चलायमान नै रह्यो । यो ट्रम्पको सफलता हो ।  

ट्रम्पले केही रोजगार अमेरिकाबाट बाहिर जान रोके । जथाभावी प्रतिक्रिया दिने बानी, मिडियालाई गाली गर्नेजस्ता कारण भने ट्रम्प विवादमा आइरहे । अनुदार इमिग्रेसन नीति लिए पनि अमेरिका बस्ने विदेशीलाई अप्ठ्यारो पार्ने कुनै पनि काम ट्रम्पले गरेनन् । 

जो वाइडेन र ट्रम्प दुवै जना ठिकै खालका उम्मेदवार थिए । त्यसैले कुनैका पक्षमा लहर आएको थिएन । यही भएर प्रतिस्पर्धा पनि कडा भयो । अमेरिकी सिनेटमा भने डेमोक्र्याटिक पार्टी बहुमत ल्याउनबाट चुकेको छ । राष्ट्रपति पद वाइडेनका पक्षमा गए पनि सिनेटमा बहुमत नभएकाले राजनीति सन्तुलन भने भइरहने छ ।

 

शेयर गर्नुहोस:

27
Shares