नेपाल

थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना डिस्चार्ज, १८ जनाको मृत्यु

थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना डिस्चार्ज, १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४५०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ ।

Advertisement

हाल क्वारेन्टाइनमा १ हजार २५४ र आइसोलेसनमा ३४ हजार ९०५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १८ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको मन्त्रालयले जनाएको छ ।

 

शेयर गर्नुहोस:

0
Shares