मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना डिस्चार्ज, १८ जनाको मृत्यु

थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना डिस्चार्ज, १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४५०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १ हजार २५४ र आइसोलेसनमा ३४ हजार ९०५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १८ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको मन्त्रालयले जनाएको छ ।