काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय स्वाधीनताका पक्षमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । नेकपाको बृहत् सभालाई सम्बोधन गर्दै उनले अस्थिरता र अवसरवादको विरुद्ध तथा राष्ट्रिय स्वाधीनताका पक्षमा सबै एकजुट हुन आह्वान गरे । उनले जनतालाई आन्दोलित गरेर मात्र संविधानको रक्षा गर्न सकिने जनाउँदै निर्वाचनका माध्यमबाट देशलाई समृद्धि र स्थायित्व दिइने तथा समाजवादका…