मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

ओलीको जमानत जफत हुँदैछ : पूर्वप्रधानमन्त्री खनाल

ओलीको जमानत जफत हुँदैछ : पूर्वप्रधानमन्त्री खनाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका नेता झलनाथ खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको पार्टीले १६५ वटै क्षेत्रमा जमानतसमेत गुमाउने दाबी गरेका छन् । 
 
‘ओलीले चुनाव गराएर दुईतिहाइ ल्याउने कुरा भंगेराले बाँस नुघाएजस्तै हो,’ खनालले भने, ‘मिस्टर केपी ओली दुईतिहाइ होइन, दुई वर्षपछिको चुनावमा तपाईंको जमानत जफत हुँदैछ, आज हामी यहीबाट घोषणा गर्छौं ।’ 
 
उनले प्रचण्ड नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गर्दै लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको जिकिर गरे । नेता खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वानसमेत गरे । 
 
उनले अहिले नेकपाको दुई गुटको झगडा मात्र नभएको प्रष्ट पार्दै पुस ५ गते प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन जारी रहेको बताउँदै संयुक्त आन्दोलनमा आउन कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे । 

शेयर गर्नुहोस:

135
Shares