मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीलाई प्रदर्शन हेर्न चुनौती दिँदै प्रचण्डले भने, ‘आवश्यक परे सिंहदरबार र बालुवाटार घेर्छौं’

ओलीलाई प्रदर्शन हेर्न चुनौती दिँदै प्रचण्डले भने, ‘आवश्यक परे सिंहदरबार र बालुवाटार घेर्छौं’


काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई विरोध सभा कस्तो हुन्छ ? हेर्न चुनौती दिएका छन् । 
 
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई सभा कस्तो हुन्छ भनेर माघ २३ गते हामी देखाइदिन्छौँ भनेका थिए । त्यसैको जवाफमा अध्यक्ष प्रचण्डले ओलीलाई भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ हेर्नुहोस् हाम्रो सभा, देख्नभयो केपीजी ।’
 
काठमाडौँमा नेकपाको विरोधसभामा अध्यक्ष प्रचण्डले जनताको शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत भयो भने के हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 
 
उनले भने, ‘केपी ओलीले बनाएका दुई जना मन्त्रीसमेत आफूहरुकोमा फर्कन वार्ता गरिरहेको बताउँदै भने, केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।
 
उनले केपी ओलीलाई राजीनामा दिएर वक्तव्य निकाल्न सुझाव दिए । उनले भने, ‘केपी ओली ठूलो अपराध गर्नुभयो । तुरुन्त राजीनामा दिएर वक्तव्य निकाल्नूस् । तपाईं अझै निरङ्कुशतर्फ जाँदै हुनुहुन्छ ? आवश्यक परे हामी सिंहदरबार र बालुवाटार घेर्नेछौँ ।’
 
अध्यक्ष प्रचण्डले भने, ‘केपी ओली मेरो निर्वाचन क्षेत्र चितवनमा गएर माडीको अयोध्यामा राम जन्मेको प्रचण्डले किन भन्न डराएको भनेछन्, कतिसम्म झूट बोल्न सकेको ? राम जन्मेका हुन् भनेर पहिला प्रमाणित गर्नुहोस् । मेरो निर्वाचन क्षेत्रमा राम जन्मेका हुन् भन्न म किन डराउँछु तर प्रमाणित हुनुपर्छ ।’ 
 
उनले ओलीलाई चुनौती दिए, ‘राम मन्दिर माडीको अयोध्यामा जन्मेका हुन् भनेर प्रमाणित गर्नूस् । मेरो क्षेत्रमा धार्मिक पर्यटकीय बन्छ भने मभन्दा खुसी अरु को हुनसक्छ, तर प्रमाणित हुनुपर्छ ।’ 
 
अध्यक्ष प्रचण्डले माधव नेपाल, झलनाथ खनाललगायतका नेतालाई अपमान गरेर ओलीले गल्ती गरेको बताए । उनले भने, ‘माधव र झलनाथजस्तो लिडरलाई यतिधेरै अपमान ? प्रचण्डको कार्यकर्ता भन्दिने, पत्याउने पनि कस्तो ?’ 
 
केपीको नाटकको पर्दाफास भइसकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले केपीले एकैदिन तीन जनालाई प्रधानमन्त्री बनाउने आश्वासन बाँडेर झूटको खेती गरेको बताए । 
 
उनले भने, ‘बिहान बोलाएर बामदेवलाई प्रधानमन्त्री बनाउँछु भन्ने, दिउँसो बोलाएर झलनाथलाई प्रधानमन्त्री बनाउँछु भन्ने बेलुका माधव नेपाललाई प्रधानमन्त्री बनाउने केपी ओलीको नाटकै हो ।’ अध्यक्ष प्रचण्डले आफूलाई कुर्ची र प्रधानमन्त्री नचाहिएको बताए । उनले भने, ‘मैले ओलीलाई चिनेँ, तीन वर्षमा राम्रैसँग चिनेँ ।’
 
प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ । संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने ।
 
प्रचण्डले निर्वाचन आयोगलाई खुट्टा नकमाउन र काइते कुराको पछि नलाग्न आग्रह गरेका छन् ।